×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेको सचिवालय बैठक स्थगित

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका एजेण्डा तय भएका थिए ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिक सांसदको नाम पठाउन भनेको छ । एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सीट गरी कुल ७८ सीट प्राप्त गरेको छ ।

प्रतिकृया दिनुहोस्