काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखले अग्निप्रसाद सापकाेटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) राेक्न नपाउने बताएका छन् ।
एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न नदिने सभामुखको अधिकारक्षेत्र बाहिरकाे कुरा भएकाे उल्लेख गरेका हुन् । सभामुखले अनधिकृत ढंगले काम गर्न नपाउने भन्दै ओलीले एमसीसीका विषयमा मुलुकलाई गम्भी भूराजनीतिक द्वन्द्वमा फसाइएको बताए ।
यसअघि कृष्णबहादुर महरा सभामुख हुँदा पनि एमसीसीलाई अनधिकृत रुपमा रोकिएको भन्दै ओलीले संसदले एमसीसीबारे निर्णय गर्न पाउनुपर्ने बताए ।