काठमाडौँ- राष्ट्रपति र सरकारबिच दूरी बढेकाे बेला नेपाली कांग्रेसका पदाधिकारीकाे टाेलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएकाे छ । भेटघाट कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली काांग्रेसका सभापति पनि रहेन उनकाे नीजि सचिवालयले जानकारी दिएकाे छ ।
भेटघाटमा नागरिकता विधेयकका सम्बन्धमा कुराकानी हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । कांग्रेस पदाधिकारीकाे टाेली दिउँसो २ बजे शीतल निवास जानेछ ।
संसद्का दुवै सदनले पारित गरेकाे नागरिकता विधेयक राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेकी थिइन् । त्यसपछि प्रतिनिधि सभाले उक्त विधेयक हुबहु पारित गरेकाे थियाे । विधेयक अहिले राष्ट्रिय सभामा पुगेकाे छ ।