×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, संस्थापन इतर पक्षले सभापतिको कार्यशैलीबारे प्रश्न ठाउने

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, संस्थापन इतर पक्षले सभापतिको कार्यशैलीबारे प्रश्न ठाउने

काठमाडौं-  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीतिबारे छलफल हुनेछ । स्थानीय तह निर्वाचनको अनुभवसहित हुने रिपोर्टिङका आधारमा आगामी बाटो पनि तय गर्ने उनले बताए ।

आगामी निर्वाचनमा पनि सत्ता गठबन्धनलाई निरन्तरता दिने आम भावना रहेको बताउँदै महतले त्यसबारे पनि बैठकमा छलफल गर्ने बताए । बैठकमा डा. शेखर कोइराला पक्षले भने सभापति शेरबहादुर देउवाको कार्यशैली र सरकारको कामकारबाहीको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । कोइराला पक्षले बैठक सुरु हुनुअघि नाराबाजीसहित पार्टी कार्यालयमा प्रदर्शनसमेत गरेको थियो ।

आइतबार बसेको कोइराला पक्षका नेताहरुको बैठकले पार्टी नेतृत्व विधानविपरीत चलेको र सरकारमाथि भ्रष्टाचारको आरोप लागेको निष्कर्ष निकाल्दै यही विषय बैठकमा उठाउने निर्णय गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्