×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल अमेरिकासँग ३९ रनले पराजित

नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदशीय सिरिज अन्तर्गत नेपाल अमेरिकासँग पराजित भएको छ । अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा अल आउट हुदै २०६ रन मात्र बनाए पछि खेल ३९ रनले हारेको हो ।

नेपालका लागि आरिफ सेखले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ४७ रन बनाएका थिए । त्यस्तै देव खनालले ३४, आसिफ सेखले १८, रोहित पौडेलले १६ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाउदै २४५ रन बनाएको थियो । यो हारपछि नेपालको १६ खेलमा १५ अंक रहेको छ र डिभिजन २ को अंकतालिकामा पाँचौ स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २४ खेलमा २३ अंक भएको छ र अंकतालिकामा चौथो स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्