×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२०११ पछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको पहिलो जित

२०११ पछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालको पहिलो जित

काठमाडौँ -  नेपालले दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जीत हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा मरिससलाई १-०ले हराउँदै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पहिलो जित निकालेको हो ।नेपालको जितमा विमल घर्तीमगरले गोल गरे ।

२ बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले गोल गरेका हुन् । नेपाल र मरिससको अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । नेपालले यसअघि सन २०११ मा भुटानलाई मैत्रीपूर्ण खेलमा हराएको थियो ।

प्रतिकृया दिनुहोस्