×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से ३८ अंकले घट्यो, कारोबार रकममा समेत भारी गिरावट

नेप्से ३८ अंकले घट्यो, कारोबार रकममा समेत भारी गिरावट

काठमाडौँ- साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा भारी गिरावट आएको छ । कारोबार सुरु भएको केही समयपछि नै २९४९ बिन्दुको उचाइमा पुगेको परिसूचक तीव्र उतार चढावबीच बजार बन्द हुँदासम्म ३८.३५ अंकले घटेर २८९८.३१ बिन्दुमा ओर्लिएर रोकिएको हो । सेन्सेटिभ इन्डेक्स समेत ७.८१ अंकले घटेको छ ।

यस दिन कारोबार रकममा समेत भारी गिरावट आएको छ । यसअघि मंगलबार १० अंकले बजार घटेको थियो भने ८ अर्बभन्दा बढीको कारोबार भएको थियो । तर, बुधबार ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रुपैयाँमा १ करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता सेयर कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका मध्ये २० ओटा कम्पनीका मात्रै सेयरमूल्य बढेको छ । बाँकी १६५ कम्पनीको सेयरमूल्य घटेको छ । ६ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर र सामलिङ हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । घलेम्दी होइड्रो पावर कम्पनी, कालिका लघुवित्त वित्तीय संस्थालगायत कम्पनीको सेयर मूल्य सबैभन्दा बढी घटेको छ ।

प्रतिकृया दिनुहोस्