×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एमालेमा चम्कदै गुटको आधार : प्रधानमन्त्री ओली विदेश नीतिमा असफल

एमालेमा चम्कदै गुटको आधार : प्रधानमन्त्री ओली विदेश नीतिमा असफल

काठमाडौं। एमालेमा गुटका आधार चम्कदै छ । अध्यक्ष एवं प्रम केपी ओलीले महासचिवको कुरा सुनेर अर्थमन्त्रीलाई असफल बनाउन डा. युवराज खतिवडाजस्ता भ्रष्टलाई आर्थिक सल्लाहकार बनाए । त्यसको असर धामधम देखिदै छ । एमालेको मिसन ०८४ लाई उपनिर्वाचन परिणामले भत्काइ दिएको छ । 

तर, पनि डाको चर्को छ । पोख्रेलको दुई दलीय व्यवस्था माथि उपनिर्वाचन परिणामले धक्का दियो । एमाले एक्लै लड्ने भन्यो तर काँग्रेसको चुनाव चिन्हमा माओवादी आधार इलाकामा आफ्नो कार्यकर्तालाई उपप्रमुख उठाउँदा दोब्बर मतले पराजित हुँदा चेत खायो ।

साना दलको अस्तित्व अस्वीकार गर्दै यथास्थितिवादलाई पच्छ्याउँदै जनताको बहुदलीय जनवादलाई राज्य लुटको निशाना बनाउँदा ओली शासनको ४ महिनामा मुलुक रु. ८४ अर्ब ऋणको भारी बोक्दैछ ।

यो ऋण प्रम केपी ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका नालयकी सुझावले बढेको हो । उपचुनावमा एमाले र माओवादीको जहाँ जित हार भयो त्यहाँ नेपाल कांग्रेस उपस्थिति दोस्रो र तेस्रो देखियो ।

काँग्रेसले जितेका किर्तिपुर नगरमा माआवादी दोस्रो एमाले तेस्रो हुनु नै हो यी दुई शक्ति मिलेका थिए भने काँग्रेस सुसुपाल बन्ने थियो । माओवादीको भत्ताबाट आँफु चुनाव जितेर अध्यक्ष प्रचण्डको विरोधमा उनका इश्वर पोख्रेल एमाले हुन कि २०७९ को चुनावमा डा. शेखर कोइरालको हालत यस्ता परिणामले कठै भन्नुपर्ने बनाउँछ ।

नेताहरूले गल्ति गरेका छन् । राज्य स्रोतमा दोहन गर्ने तीनै हुन । जो एकता र सहकार्यको गुण बिर्सेर बैगुनि बन्छन् । केपी ओलीलाई वर्गीयताको नाम मन पर्दैन आफू चुनावी जन्त राजाको वकालत गर्ने राप्रपासँग गठबन्धन गर्न पनि नपर्ने भएपछि एमालेको अस्तित्व कहाँ बाँकी रह्यो ?

पार्टीमा उपाध्यक्ष विष्णु पौडेल वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको समेत अस्तित्व नभएको त्यो पार्टीमा उपमहासचिव र सचिवहरूको अर्थ देखिदैन । अध्यक्ष राजनीतिक रूपमा प्रभू बनेका छन् ।

संस्कृतिले गाँजेको नेकपा एमालेलाई ओलीबाट फुल्ने र फलाउने अवस्था अब छैन । किनकी एमालेका मिशन ०८४ एकलै लड्दा कस्तो फल पाउला त्यो संकेत उपनिर्वाचनले दिएको छ ।

प्रमको विदेश नीतिमा असफल

भारतले प्रम केपीलाई देखाउन परराष्ट्रमन्त्री डा. आरजुलाई नै बढी महत्व दिएको छ ।

आरजुकै जोडबल भएपनि भारतले प्रमलाई भ्रमणको निम्तो दिएको छैन । कम्युनिष्टहरूको परराष्ट्रनीति छैन । प्रम ओलीको बोलीमात्र हो । बढी राष्ट्रवादी बन्दा उनी खस्केका छन् ।

देशको परराष्ट्रनीति सफल बनाउन नसक्ने लम्पटहरू परराष्ट्रमन्त्री बन्छन् कुटनीतिक क्षमता नभएका नेताका हनुमान राजदूत बनाइन्छ भने त्यो देशको परराष्ट्रसम्बन्ध कस्तो होला ।

प्रधानमन्त्री केपी ओली जस्तो सर्वाधिक भ्रष्ट र आफ्नो स्वार्थमा देश चलाउन खोज्नेको शासनमा मुलुक भित्रै लोकतन्त्रको धज्जी उडेको छ भने मित्र राष्ट्रहरूले सहयोग कस्तो गरुन् ।

डा. आरजुले कोसिस गरिन । तर, भारतले टेर्ने हो होइन ।  बोल्न जति पनि सक्ने व्यवहारमा कही कतै जनताको पक्षधर नदेखिने जनताले सरकारबाट केही नपाउने तर राजनीति लम्पट र भ्रष्ट पाल्न कर माथि कर तिर्नुपर्ने बाध्यता गणतन्त्रको गहना बन्दै गएको खबर दबाबमा छ ।

ओली सरकारबाट मुलुकले पाउने भनेको ऋण हो । यस्तै बुझाई छ आम नागरिक को । मुलुकमा विद्युत उपयोग गरेर महसुल तिर्न नपर्ने टेलिफोनको व्यापार गरेर ६ अर्ब कर मिनाह पाउने सुशासन केपी ओली सरकारको उपलब्धी मान्ने हो भने देशले फड्को मारेको भन्नुपर्छ ।

प्रतिकृया दिनुहोस्