×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

शव जलाउँदा-जलाउँदै पहिरोले बगायो मलामी

शव जलाउँदा-जलाउँदै पहिरोले बगायो मलामी

काठमाडौं - कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ।
कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। 

तिलाकर्णाली र कुकुर खोला दोभानमा रहेको घाटमा शव जलाउँदै गरेका बेला घटना भएको प्रहरीले जनाएको छ। सोमबार अबेरसम्म कोही पनि फेला परेका छैनन्। उनीहरू पहिरोसँगै तीलाकर्णालीमा बगेको हुन सक्ने स्थानीयवासी बताउँछन्। 
यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।
 

प्रतिकृया दिनुहोस्