काठमाडौं- सुकुम्बासीहरूले सोमबार काठमाडौंमा दबाबमूलक प्रदर्शन गरेका छन् । आज माइतीघबाट सुरु भएको उनीहरुको दबाबमूलक र्याली बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । प्रदर्शनका क्रममा उनीहरुले आफूहरुलाई सरकारी तबरबाटै उचित व्यवस्थापन हुनुपर्ने माग गरेका छन् ।
विभिन्न नारासहितका प्लेकार्ड बोकेका उनीहरुले के सहर गरिबको पनि होइन र ?, नागरिकको अधिकार खोइ ?, उठिबासको त्रास कहिलेसम्म ? भन्दै नारा समेत लगाएका थिए ।
काठमाडौं महानगरले सकुम्बासी र भूमिहीन व्यवस्थापनका लागि गरेको सहमति कार्यान्वयन नगरी दमन गर्न खोजेको भन्दै विरोध प्रदर्शन भएको हाे । गत सोमबार महानगर प्रहरीले बस्ती भित्र पसेर सुकुम्बासीलाई हटाउन खोजेपछि झडप भएको थियो । त्यसपछि सुकुम्बासीहरुले लगायतार प्रदर्शन गर्दै आएका छन् ।