×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भीरबाट लडेर १ जनाको मृत्यु

भीरबाट लडेर १ जनाको  मृत्यु

 बैतडी - भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो  । प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ । 

प्रतिकृया दिनुहोस्