×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मियामी ओपन टेनिसको फाइनलमा ओसाका

मियामी ओपन टेनिसको फाइनलमा ओसाका

काठमाडौँ- जापानी खेलाडी नोआमी ओसाका मियामी ओपन टेनिसको फाइनल प्रवेश गरेकी छिन् । महिला एकल तर्फ भएको सेमिफाइनल भिडन्तमा उनले स्विट्जरल्यान्डकी बेलिन्डा बेनसिसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन् । 

२२औँ वरियताकी बेनसिसले पहिलो सेटमा अग्रता लिएपनि त्यसपछि खेलमा जित निकाल्न भने सकिनन् । पूर्व विश्व नम्बर एक ओसाकाले खेल ४-६, ६-३ र ६-४ ले आफ्नो पक्षमा पारेकी थिइन् । अब ओसाकाले फाइनल प्रवेशका लागि दोस्रो वरियताकी पोलिस खेलाडी इगा स्विटेका र अमेरिकाकी १६औँ वरियता प्राप्त जेसिका पेगुलाबिचको विजेतासँग हुनेछ ।

ओसाका २०२१ को अस्ट्रेलियन ओपनपछि पहिलो फाइनल खेल्न लागेकी हुन् । उनले ४ पटक ग्रान्डसलाम जितेकी छिन् । जसमा अस्ट्रेलियन ओपन २०१९, २०२१ र युएस ओपन २०१८ र २०२० तर पछिल्लो समय उनी निष्क्रिय रहँदा ७७औँ वरियतामा खस्किएकी थिइन् ।

प्रतिकृया दिनुहोस्