×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

बत्तिसपुतलीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ- काठमाडौँ महानगरपालिका-९ स्थित बत्तिसपुतलीमा सोमवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । स्थानीय गौथली बचत तथा ऋण सहकारी संस्था र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

गोल्डेन गेट कलेजमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरूले ७५३ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । जसमध्ये १९३ जनाको भिडियो एक्स-रे, १८९ जनाको रक्त परीक्षण र १३२ जनाको मुटुको जाँच (ईसीजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

त्यस्तै २२ जनाको दाँत फुकालिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४१ जनालाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ ।

केएमसीले यसअघि शुक्रवार कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर ९६२ जनाको उपचार गरेको थियो । केएमसी अध्यक्षको रूपमा डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइरहेको छ । जसबाट लाखौँ बिरामी लाभान्वित भएका छन् ।

 

प्रतिकृया दिनुहोस्