×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

‘१८ वर्ष माथिका सबैले खोप लगाउन पाउँछौं’ : स्वास्थ्य मन्त्रालय

‘१८ वर्ष माथिका सबैले खोप लगाउन पाउँछौं’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा सूचना जारी गर्दै कोभिड–१९ को खोप अभियानका सम्बन्धमा आफ्नो योजना सार्वजनिक गरेको छ ।

मन्त्रालयले शुक्रवार राति जारी गरेको सुचनामा भनिएको छ–‘नेपाल सरकार कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकता दिँदै अहोरात्र कार्य गरिरहेको छ ।’

‘कोभिड–१९ को खोप अभियानमा रहेको आपूर्तिको समस्यालाई समाधान गर्दै लक्षित गरे अनुसारको १८ वर्ष माथिका सबै ७२ प्रतिशत जनसंख्याका लागि नि:शुल्क खोप लगाउने तयारी भैसकेको छ, सूचनामा भनिएको छ –‘यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्था समेत भइ केही दिनदेखि भेरोसेलका खोपहरु विभिन्न प्रदेशका जिल्लाहरुमा पुगि खोप अभियान प्रारम्भ भएको तथा केही आज शनिवार तथा भोलि आइतबारदेखि प्रारम्भ हुने र जोन्सन एण्ड जोन्सनको खोप पनि अभियान सञ्चालन हुने गरी विभिन्न जिल्लाहरुमा पुगिसकेका छन् ।’

मन्त्रालयले केही जिल्लाहरुले खोप अभियान प्रारम्भ गरी अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी समेत प्राप्त भएका छन्, जहाँ अर्को खोप अभियानहरु आइतबारदेखि नै सुचारु हुँदैछन् ।

‘चरणवद्ध तरिकाले लक्षित वर्गहरुलाई उमेर समुह अनुसार खोप लगाइँदै सबै नागरिकलाई खोप लगाइने भएकाले आफ्नो पालो अनुसार तोकिएको वर्ग खुल्ने परिचय पत्रसहित खोप लगाउन सहजीकरण गरिदिनु हुन र अरुको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न सबैमा हार्दिक अनुरोध छ, मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी सूचनामा भनिएको छ–‘आगामी साउन ६ गतेदेखि सरकारले खरिद खरेका खोपहरु चीनाबट निरन्तरत नेपाल आउँदैछन् । साउन १५ गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारीरहने छ । हामी सबैले खोप लगाउन पाउने छौं । त्यसैले सबैमा संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिनु हुन सार्वजनिक अनुरोध छ ।’

प्रतिकृया दिनुहोस्