काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको छ। यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
मंगलबार तोलामा ५ रुपैयाँ बढेर चाँदीको मूल्य प्रतितोला १ हजार १८० रुपैयाँ कायम भएको छ। यसअघि सोमबार चाँदी प्रतितोला १ हजार १७५ रुपैयाँमा किनबेच भएको थियो ।