×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आईटी विद्यार्थीलाई उद्योग तथा व्यावसायिक ज्ञान दिन सीएसआईटी, केन्द्रिय विभाग र डीईएस बिच समझदारी

आईटी विद्यार्थीलाई उद्योग तथा व्यावसायिक ज्ञान दिन सीएसआईटी, केन्द्रिय विभाग र डीईएस बिच समझदारी

काठमाडौं - सूचना प्रविधि उद्योग र शैक्षिक संस्थाबीच सहकार्य गर्ने उद्देश्यका साथ त्रिभुवन विश्वविद्यालयको सीएसआईटीको केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच समझदारी भएको छ । बुधवार एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको उपस्थितिमा यी दुई संस्थाबीच समझदारी भएको हो ।

समझदारी पत्रमा त्रिवि सीएसआईटी केन्द्रीय विभागका विभागीय प्रमुख सर्विन सायमी र डिजिटल इम्पावरमेन्ट सोसाइटी (डीईएस)का अध्यक्ष राजेन्द्रप्रसाद अर्यालले हस्ताक्षर गरे । उक्त समझदारीअनुसार दुवै संस्थाले शिक्षा र सीपबीच देखिएको अन्तरमा केन्द्रित रहेर सहकार्य गर्नेछन् ।

समझदारी अन्तर्गत आईटी उद्योग, व्यापार, समुदाय र सरकारी संस्थाहरूसँग मजबुत साझेदारी स्थापित गर्ने, इन्टर्नशिप र रोजगारी अवसरका लागि सहयोग गर्ने, उद्योगको वर्तमान र भविष्यका आवश्यकताहरूसँग मेल खाने पाठ्यक्रमहरू तयार पार्ने, स्थानीय ज्ञान तथा वास्तविक अनुप्रयोग बीचको अन्तर बुझाउने गरी परियोजना प्रदान गर्ने, सफ्ट स्किल डेभलपमेन्ट तथा उद्यमशीलता सम्बन्धी शिक्षामा जाेड दिने लगायतका योजना समेटिएका छन् ।


 

प्रतिकृया दिनुहोस्