×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड र माधव शेरबहादुरका कमलरी हुन् : योगेश

प्रचण्ड र माधव शेरबहादुरका कमलरी हुन् : योगेश

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग कमलरी बस्न गएको बताएका छन्।

प्रेस चौतारी रामेछापले आइतबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो टिप्पणी गरेका हुन्। राष्ट्रपतिले संसदमा नै फिर्ता पठाउँदा समेत गठवन्धन सरकारले नागरिकता विधेयक जस्ताको तस्तै स्वीकृत गरेर राष्ट्रघाती काम गरेको सचिव भट्टराईको आरोप छ।

आगामी निर्वाचनपछि एमालेले बहुमतको सरकार गठन गर्ने दाबी गर्दै उनले सो विधेयक संशोधन गरेर अघि बढ्ने प्रष्ट्याए। त्यस्तै, वैवाहिक अंङ्गीकृत नागरिकलाई विनाशर्त नागरिकता दिने प्रावधान विश्वका कुनै पनि मुलुकमा नभएको भन्दै सचिव भट्टराईले नागरिकता लिन केही शर्त र अवधि पूरा गर्नै पर्ने बताए।

अहिलेको गठबन्धनको सरकारले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेलेको भट्टराईको आरोप छ।

प्रतिकृया दिनुहोस्