×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गोरखाबाट सिफारिसमा पर्याे प्रचण्डको नाम

गोरखाबाट सिफारिसमा पर्याे प्रचण्डको नाम

पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाबाट उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट प्रचण्डलाई उम्मेदवार बन्न नेता कार्यकर्ताले नाम सिफारिस गरिदिएका हुन् । यसअघि पनि उनलाई भेटेर नेताहरूले गोरखाबाट चुनाव लड्न आग्रह गरेका थिए । क्षेत्र नम्बर १ मा प्रचण्डसँगै हालका सांसद हरिराज अधिकारी र महिलातर्फ सुशीला सिंखडालाई प्रस्ताव गरिएको छ ।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा राष्ट्रियसभा सांसद तथा यसअघि चुनाव हारेका नारायणकाजी श्रेष्ठको नाम पठाइएको छ । उनीसहित पार्टी सचिव हितराज पाण्डे, केन्द्रीय सदस्य चूडामणि खड्का र लेखनाथ न्यौपानेको नाम पठाइएको हो ।

प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा माओवादी पार्टीको केन्द्रीय सदस्य अमरबहादुर गुरुङ, हालका सांसद लेखबहादुर थापा मगर र नेता परशुराम रम्तेलको नाम सिफारिस गरिएको छ । १ (ख) मा कृष्ण धिताल, जगन्नाथ खनाल र संविधानसभा सदस्य छमबहादुर गुरुङलाई सिफारिस गरिएको माओवादी गोरखाले जनाएको छ ।

क्षेत्र नम्बर २ (क) मा केन्द्रीय सदस्य खोपबहादुर कँडेल, कमला नहर्की र र प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको छ भने (ख) मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाक सुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङको नाम सिफारिस गरिएको माओवादीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्