×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुन प्रकरणमा गम्भीर तथ्य फेला, काठमाडौंमा सुन गाल्ने फ्याक्ट्री भेटियो

सुन प्रकरणमा  गम्भीर तथ्य फेला, काठमाडौंमा सुन गाल्ने फ्याक्ट्री भेटियो

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार हुँदै  झन्डै एक क्विन्टल सुन तस्करी  भएको प्रकरणमा थप गम्भीर तथ्य फेला परेको छ  ।  काठमाडौँ उपत्यकामा नै सुन गालेर अर्कै स्वरूप दिएर तस्करी गर्ने गरिएको तथ्य खुल्ने फ्याक्ट्री नै फेला परेको छ ।
विभागले  आइतबार टोखास्थित एक फ्याक्ट्रीमा छापा मार्दा त्यहाँ तस्करीमार्फत आएको सुन गाल्ने काम हुने गरेको खुलेको छ । सुन तस्करी प्रकरणमा नै संलग्न भएको आशङ्कामा राजस्व अनुसन्धान विभागले थप एक जना चिनियाँ नागरिकलाई पक्राउ पनि गरेको छ ।

काठमाडौँको  ठमेलस्थित  होटल  भियनाका  सञ्चालकसमेत  रहेका  चिनियाँ  नागरिक  दावा  छिरिङलाई विभागका निर्देशक विदुर अधिकारीले आइतबार बिहान होटल परिसरभित्रबाट नियन्त्रणमा लिएको जानकारी दिए । विभागले सो होटलबाट सिसिटिभी  फुटेज,  कम्प्युटरहरू  पनि  जफत  गरी  अनुसन्धान  सुरु गरेको खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्