×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अटाेमाेवाइल्स

नेपालमै बन्याे बिद्धुतिय बाईक,खरिद गर्न चाहानेले अर्डर दिन सकिने

नेपालमै बन्याे बिद्धुतिय बाईक,खरिद गर्न चाहानेले अर्डर दिन सकिने

काठमाडौं - नेपाली इन्जिनियरहरुको टोलीले विद्युतीय बाइक निर्माण गरेकाे छ । यात्री मोटोरसाइकल्स ग्रुप अन्तर्गत युवा इन्जिनियरहरुको एक टोलीले उक्त विद्युतीय बाइक निर्माण गरेकाे हाे ।

‘प्रोजेक्ट जिरो’ नाम दिइएको उक्त विद्युतीय बाइकको डिजाइन, इन्जिनियरिङ तथा निर्माण नेपालमै भएको बताइएकाे छ । निर्माण टोलीले यसमा कटिङ एज पावरट्रेन, क्लास लिडिङ भेहिकल सफ्टवेयर तथा ईन-हाउस डेभलपमेन्ट प्रोवेसको प्रयोग गरेको बताएको छ ।


दुई घण्टाको फुल चार्जमा उक्त बाइकले २३० किलोमिटर रेन्जसम्म यात्रा गर्दछ । यसमा ८ किलो वाट प्रतिघण्टाको ब्याट्री क्षमता छ भने ३.३ किलो वाटको अनबोर्ड चार्जर छ । याे स्मार्ट विद्युतीय बाइकमा अनबोर्ड फोरजी नेटवर्कका साथै एन्ड्रोइड र आईओएस एन्टी थेफ्ट अनबोर्ड जीपीएन अन डिमाण्ड सर्भिसिङ अपोइन्टमेन्ट रोड साइड असिस्टेन्स मोबाइल एप छ ।


यात्री मोटरसाइकल्सले आगामी २३ अप्रिलमा प्रोजेक्ट जिरोको युनिटलाई आफ्नो वेबसाइटमा सार्वजनिक प्रदर्शनीका लागि राख्ने बताएको छ । इच्छुक व्यक्तिहरुले अर्डर दिएर २३ अप्रिलदेखि डाउन पेमेन्टमा बाइक खरिद गर्नसक्ने कम्पनीले बताएको छ ।

प्रतिकृया दिनुहोस्