×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढाका रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

ढाका रास्वपाबाट निष्कासित, विन्दबासिनीलाई सांसद बनाउने निर्णय

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले डा. ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नाे नभएको जिकिर गरेको बताए ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

तर, उनले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् । उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्