×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

जग्गा कित्ताकाट खुलाउने सरकारको निर्णय

काठमाडौँ । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ ।मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै जग्गा कित्ताकाट खुलेको छ । योसँगै जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि कित्ताकाट हुने भएको छ ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो । आर्थिक मन्दीको कारक जग्गाको कित्ताकाट रहेको निष्कर्षसहित सरकारको तीव्र आलोचना भएपछि सरकार कित्ताकाट रोक्काको निर्णयबाट पछि हटेको हो ।

 

प्रतिकृया दिनुहोस्