काठमाडौँ । नवगठित नेकपा (एकिकृत समाजवादी) को केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी धादिङका नेता तथा पूर्वमन्त्री डा. गंगालाल तुलाधरलाई दिइएको छ ।
पार्टीको अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एकिकृत समाजवादीले सचिवालयको जिम्मेवारी बाँडफाट गरेको हो । सोअनुसार सचिवालय समितिमा वेदुराम भुसालको संयोजकत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा गंगालाल तुलाधर, डा विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठलाई जिम्मेवारी दिइएको हो ।
तुलाधरलाई पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने राजीनितक प्रतिवेदन लगायतका दस्तावेज मस्यौदा समितिमा पनि राखिएको छ । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित १३ सदस्यीय मस्यौदा समितिमा बेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विजय पौडेल, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री र गणेश विक सदस्य छन् ।
नेकपा एमाले विभाजन भएपछि नेकपा (एकिकृत समाजवादी) दर्ता गर्दै पार्टीलाई संगठित बनाउनका लागि तुलाधरले विशेष भूमिका खेलिरहेका छन् । धादिङका प्रभावशाली नेता मानिने तुलाधर संविधानसभाको दोस्रो निर्वाचनमा धादिङ क्षेत्र न. २ बाट निर्वाचित भएका थिए । लगत्तै उनी शिक्षामन्त्री नियुक्त भएका थिए ।