×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जलवायु न्याय र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन नीतिगत प्राथमिकता आवश्यक

जलवायु न्याय र विपद् जोखिम न्यूनीकरणमा दीर्घकालीन नीतिगत प्राथमिकता आवश्यक

काठमाडौँ - जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी खुला संवाद कार्यक्रममा सहभागी विज्ञ, पूर्वमन्त्री तथा पूर्वनीतिनिर्माताहरूले नेपालजस्ता जलवायु संवेदनशील मुलुकका लागि पूर्वतयारी, संस्थागत सुदृढीकरण र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

कार्यक्रममा अवकाशप्राप्त मेजर जनरल डा. पूर्णबहादुर सिलवालले सुरक्षा निकायको क्षमता अभिवृद्धि र नागरिक सचेतनालाई विपद् व्यवस्थापनको मुख्य आधार बताए। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले विपद् जोखिम न्यूनीकरणलाई विकास प्रक्रियाकै अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिए।

त्यसैगरी पूर्वमन्त्री इन्जिनियर गणेश शाहले विद्यमान नीतिहरूको समयानुकूल पुनरावलोकन हुनुपर्ने बताए भने पूर्वउपसभामुख इन्दिरा राना मगरले जलवायु परिवर्तनका चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर ध्यानाकर्षण गराउनुपर्ने बताइन्। श्वेता घिमिरेले सञ्चालन गर्नुभएको सो खुला बहसमा पत्रकार, वातावरण अभियन्ता, युवा तथा सरकारी प्रतिनिधिसहित करिब ८० जनाको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्