×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रिजालको निधनमा शुक्रबार काठमाडौं महानगरमा शोक बिदा

रिजालको निधनमा शुक्रबार काठमाडौं महानगरमा शोक बिदा

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्षको निधनमा शुक्रबार महानगरमा शोक बिदा दिने निर्णय गरेको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधन भएकाले शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीले जानकारी दिए । रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको रिजालको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्