×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विवेकशील साझाको समानान्तर केन्द्रीय समिति बैठक

विवेकशील साझाको समानान्तर केन्द्रीय समिति बैठक

काठमाडौं- विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले समानान्तररुपमा बोलाएको केन्द्रीय समिति बैठकहरु आज बस्दैछन्
अध्यक्ष रवीन्द्र मिश्रले आज साढे १२ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन् भने त्यसलाई काउन्टर दिँदै उक्त समय भन्दा डेढ घन्टा अघि संयोजक मिलन पाण्डेले ११ बजेका लागि बैठक बोलाएका थिए। 
पार्टी अध्यक्ष मिश्र र पार्टी संयोजक पाण्डेले एकै दिन केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बोलाएसँगै विवेकशील साझा पार्टी विभाजनको संघारमा पको आकलन गरिएको छ। केन्द्रीय सदस्यहरुले कुन बैठकमा सहभागी हुने भन्ने निर्णय गर्दै कित्ता क्लियर गर्नुपर्ने अवस्था बनेको छ। दुबै बैठक भर्चुअल हुनेछन्।
विवेकशील साझा पार्टीको विधानको दफा २०(१०) अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं अजेन्डा तय गरिने गरिएको भएपनि यसपटक अध्यक्षसँग अजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको पछि बैठक बोलाएको संयोजक पाण्डेले जनाएका छन्। 
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले ‘मार्ग परिवर्तन’ गरेका कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको भन्दै पाण्डेले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेको बताएका छन्।  
'विवेकशील साझा पार्टीको विधानको दफा २० (१०) अनुरूप यस अघि केन्द्रीय अध्यक्ष र केन्द्रीय संयोजकको सहमतिमा बैठक बोलाउने एवं एजेन्डा तय गरिने गरिएको ब्यहोरा यहाँमा अवगत नै छ । यस पटक पनि उक्त अभ्यास अनुरूप एजेन्डामा सहमति कायम गर्न गरिएको हर सम्भव प्रयास सफल हुन नसकेको र पार्टीका अध्यक्षले वहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नुभएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी देहायको मिति, समय र स्थानमा विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु' पाण्डेले भनेका थिए।
पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेज गरेर धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने दस्तावेज नै पेश गरेपछि पार्टीको विवाद पुन: सतहमा आएको हो। 

प्रतिकृया दिनुहोस्