काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लेभान्टेलाई ३-२ गोल अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न प्रतिष्पर्धात्मक खेलमा बार्सिलोनाका लुक डी जोंगको इन्जुरीसमयको निर्णायक गोलले बार्सिलोनाले जित हासिल गरेको हो ।
बार्सिलोनाका लागि पिएर्रे एमरिक आउबामेयांग, पेड्री र लुक डी जोंगले एक/एक गोल गरेका थिए । लेभान्टेका लागि जोस लुइस मोरालेज र गोन्जालो मेलेरोले एक/एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोना ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३० खेलमा ६० अंक भएको छ र ६० अंक नै रहेको सेभियासँग गोल अन्तरका आधारमा अगाडी रहेको छ । लेभान्टेको भने ३१ खेलमा २२ अंक छ र लिगमा १९औं स्थानमा छ ।