×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पर्यटन मन्त्री किंरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

पर्यटन मन्त्री किंरातीद्वारा खादामालावापतको रकम विद्यालयलाई हस्तान्तरण

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण गरेका छन् ।

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन् । मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच आज हस्तान्तरण गरेका हुन्।

गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने भएका छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए । उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरे।

प्रतिकृया दिनुहोस्