×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

एसियन गेम्सको लागि सन्दीप र सागर चीन प्रस्थान

एसियन गेम्सको लागि सन्दीप र सागर चीन प्रस्थान

 

काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनरद्वय सन्दीप लामिछाने र सागर ढकाल एसियन गेम्सका लागि आज चीन प्रस्थान गरेका छन् ।

अदालतमा मुद्दाको पेशीका कारण सन्दीप तथा भिषा समस्याका कारण सागर गत आईतबार नेपाली राष्ट्रिय टोलीसँगै चीन गएका थिएनन् ।

ललित राजवंशी घाइते भएर एसियन गेम गुमाउने भएपछि सागर टिममा समावेश भएका थिए ।

अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप र भिषा समस्या समाधान भए पछि सागर आज चीन गएका हुन् । 

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आउँदो आइतबार माल्दिभ्ससँग समूह चरणमा खेल्ने छ । 

प्रतिकृया दिनुहोस्