×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विष्णु भट्टको नयाँ गीत 'झुम्की २' सार्वजनिक

विष्णु भट्टको नयाँ गीत 'झुम्की २' सार्वजनिक

काठमाडौं। गायक तथा सर्जक विष्णु भट्टको स्वरमा सजिएको नयाँ नेपाली गीत 'झुम्की २ (एउटा झुम्का कता हरायो)' सार्वजनिक भएको छ। पछिल्लो समय मौलिक सिर्जनामार्फत दर्शकको मन जितिरहेका भट्टले यसपटक आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यो नयाँ गीत बजारमा ल्याएका हुन्।

एबी इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस गीतमा शब्द र संगीत पनि स्वयं विष्णु भट्टकै रहेको छ। गीतलाई केशव बडूले संगीत संयोजन (एरेन्ज) गरेका हुन् भने श्यामश्वेत रसाइलीले मिक्सिङ र मास्टरिङ गरेका छन्। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यस गीतको अडियो पक्षलाई निकै मिहिनेतका साथ तयार पारिएको छ।

म्युजिक भिडियोतर्फ चर्चित निर्देशक तथा कोरियोग्राफर विक्रम चौहानको निर्देशन रहेको छ। भिडियोमा गायक विष्णु भट्टका साथै चर्चित मोडल सृष्टि खड्का र सुरज मल्ल (डिबी) को दमदार अभिनय देख्न सकिन्छ। प्रकाश खड्का र टिमले खिचेको यस भिडियोलाई आकर्षक ढंगले निर्माण गरिएको छ।

मौलिकपन बोकेको यस गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्