काठमाडौं - बहुचर्चित गजल ‘के लत बस्यो’का गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक/स्रोतामाझ पुनः आएका हुन् । शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ ।
उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन् । गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन् ।
यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ । १३ घण्टाअघि प्रिमियर गरिएको म्युजिक भिडियोलाई युट्युबमा ३५ हजार बढीले हेरिसकेका छन् । कमेन्टमा अधिकांशले ‘उत्कृष्ट सिर्जना’ भनेका छन् ।