×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राउन्ड टेबल नेपालद्वारा हजार विद्यार्थीलाई छात्रवृत्ति

राउन्ड टेबल नेपालद्वारा हजार विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ- राउन्ड टेबल नेपालले हजार छात्रछात्राहरुलाई एकैसाथ छात्रवृद्धि वितरण गरेको छ । काठमाडौं, विराटनगर, धनगढी, हेटौंडा, विरगन्जलगायत १२ वटा सहरमा कार्यक्रम आयोजना गरी छात्रवृद्धि प्रदान गरेको हो ।

काठमाडौंको शंखरापुर नगरपालिकास्थित जुनकिरी सामुदायिक विद्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा रानामगरले छात्रवृत्ति वितरण गरिन् । सो अवसरमा बोल्दै उनले राउन्ड टेबल नेपालले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गरेकी थिइन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष राहुल अग्रवालले देशभरका विद्यार्थीहरुलाई एकैसाथ छात्रवृत्ति वितरण गरिएको बताए । सोही अवसरमा उपसभामुख रानामगरले सोही विद्यालयमा शौचालयको शिलान्यास गरेकी थिइन् ।

त्यसैगरी विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका १४ निजी एवं सामुदायिक विद्यालयका ९१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले छात्रवृत्ति प्रदान गरेका थिए । सो कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव दिवस सुवेदीले देशभरिका ६५ वटा स्कुलको भौतिक संरचना निर्माण गरिसकेको जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस्