बाजुरा- बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा झडप भएको छ। मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको बताइएको छ।
दुवै पक्षबीच ढुंगा हानाहान भएको हो। झडपका क्रममा मतदान व्यवस्थापनमा राखिएका सामग्रीहरु तोडफोड भएका र दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको जनाइएको छ।
यस्तै, हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको छ। झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन्।
झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन्। यसअघि दोलखा र बारामा झडप भएको थियो। प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो भने त्यहाँ मतदान रोकिएको छ।