×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप ३३६५ जनामा कोरोना‚ १३७३ संक्रमणमुक्त

थप ३३६५ जनामा कोरोना‚ १३७३ संक्रमणमुक्त

नेपालमा बिहीबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ५ सय ५५ पीसीआर परिक्षणका क्रममा २ हजार ३ सय ३५ र ४ हजार ६ सय ८७ एन्टीजेन परीक्षणका क्रममा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ५० हजार २२ पुगेको छ ।

त्यस्तै थप १६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ८ सय ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप १ हजार ३ सय ७३ संक्रमित निको भएका छन् । योसहित हालसम्म नेपालमा ६ लाख ५० हजार ४४५ संक्रमित निको भएका छन् ।

हाल ३० हजार ३९० सक्रिय संक्रमित आइसोलेसनमा र ३७९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३५ लाख ८४ हजार ४१९ पीसीआर र ३ लाख ९ हजार २ सय ३३ वटा एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्