पछिल्लो २४ घण्टामा भएको ११ हजार ५६८ नमुना परीक्षणमा २ हजार ८९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा ७ हजार १८७ जनामा पीसीआर परीक्षण गर्दा एक हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४१ जनाको मृत्यु भएको छ। यस्तै सोही अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३ हजार ५९७ रहेको छ ।