×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

क्रिकेटर लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

क्रिकेटर लामिछानेविरुद्ध थुनछेक बहस आजदेखि

काठमाडौं- नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बुधबारदेखि थुनछेक बहस हुँदैछ।  जिल्ला अदालत काठमाडौंमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मंगलबार उनीसँगको बयान सकेसँगै थुनछेक बहस हुने भएको हो। 

सन्दीपको बयान पूरा भएकाले बुधबार थुनछेक बहस हुन लागेको उनी पक्षका वकिल मुरारी सापकोटाले जानकारी दिए। बयानका क्रममा सन्दीपले आफूप्रति बदनियत राखेर र कसैको उक्साहटमा अभियोग लगाएको बताएका थिए।

सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार १७ वर्षीया नाबालिगलाई गत भदौ ५ मा काठमाडौंस्थित एक होटेलमा लगेर जबरजस्ती करणी गरेको अभियोगपत्र दायर गरेको थियो। 

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्