काठमाडौं - राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री राजेन्द्र महतोको घर अगाडि पुत्ला दहन र कालो झण्डा गाडिएको छ ।
स्वतन्त्र युवाहरूको समूहले आइतबार बेलुका सिनामंगलस्थित महतो बस्ने घर अगाडि पुत्ला दहन गर्दै कालो झण्डा गाडेका हुन् ।युवाहरूले भारतीय नागरिक महतोले राष्ट्रलाई टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै चर्को नारावाजीसमेत गरेका थिए । शुक्रबार मन्त्री नियुक्त भएलगत्तै महतोले बहुल राष्ट्रियमुक्ति आन्दोलनका लागि आन्दोलन गर्ने बताएका थिए ।
उनले आफ्नो भनाइको चर्को आलोचना भएपछि विज्ञप्ति जारी गर्दै गलत प्रचार गरिएको अभिव्यक्ति दिएका थिए ।