×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डेङ्गुबाट एकैदिन ४ जनाकाे मृत्यु , २७ हजार ५ सय ६९ जनामा डेङ्गु संक्रमण

डेङ्गुबाट एकैदिन ४ जनाकाे मृत्यु , २७ हजार ५ सय ६९ जनामा डेङ्गु संक्रमण

काठमाडाैँ- नेपालमा डेङ्गु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार मंगलबार डेङ्गु संक्रमणबाट ४ जनाको मृत्यु भएको हाे । याेसँगै साउनयता डेङ्गुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । 

मन्त्रालयकाअनुसार अहिलेसम्म २७ हजार ५ सय ६९ जनामा डेङ्गु संक्रमण पुष्टि भइसकेकाे छ । अहिले मुस्ताङबाहेकका सबै जिल्लामा डेङ्गु संक्रमण देखिएकाे छ । त्यसमा पनि सबैभन्दा बढी काठमाडाैँ उपत्यकामा देखिएकाे छ ।

मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५ सय ८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८ सय २१ जनामा डेङ्गु पुष्टि हुँदा गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४ सय ५ र कर्णाली प्रदेशमा २ सय ३६ जनामा संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस्