×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मुद्दा दर्ता

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद सजायको मुद्दा दर्ता

काठमाडौँ- सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेविरुद्ध १५ वर्ष कैद सजायको मुद्दा दर्ता भएको छ । मानव बेचबिखन तथा ओसारपसार कसुर र बाल यौन दुर्व्यवहारको कसुरमा आज बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । आरोपित, पीडित र अन्यको बयान लिई २५ दिन लामो अनुसन्धान सकेर जिल्ला प्रहरी परिसर काठमाडौंले पठाएको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले अध्ययन गरेपश्चात आज बुधबार पाण्डेविरुद्ध मुद्दा दर्ता भएको हो ।

साथै, पाण्डेद्वारा पीडित युवतीले आफूमाथि यौन हिंसा भएको भन्दै प्रहरीसमक्ष बयान दिएकी छन् । पीडितले मिडियामार्फत नग्न भिडियो सार्वजनिक गर्ने धम्की दिँदै पाण्डे आफूलाई बलात्कार गरेको प्रहरीलाई बयान दिएकी छन् । पाण्डेले बन्धक बनाएर आफूलाई पटक-पटक बलात्कार गरेको पनि युवतीले बयान दिएकी छन् ।  आफूले नग्न तस्वीर खिचेर राखेको भन्दै विभिन्न धम्की दिएर र डर देखाएर बलात्कार गर्ने गरेको उनले दाबी गरिन् ।

 

होटलको कोठामा एकजना अपरिचित पुरुष व्यक्ति बसिरहेको र तीसँग पनि पाण्डेले आफ्नै अगाडि शारीरिक सम्पर्क राख्न बाध्य पारेको पीडितले बताएकी छन् । तर, ती व्यक्ति को थिए भन्ने पीडितले नचिनेको बताएकी छन् । पाण्डेले पनि यस बारेमा खुलाएका छैनन् ।

मानव बेचबिखन तथा ओसार पसारको कसुर अन्तर्गत १५ वर्ष र बाल यौन दुर्व्यवहारको कसुरमा तीन वर्ष गरी १८ वर्षसम्म कैदको माग गर्दै पाण्डेविरुद्ध मुद्दा दर्ता भएको छ । ग्लोबल भिषाज कन्सल्टेन्सीको सञ्चालकसमेत रहेका पाण्डेले भने आफूविरुद्ध लागेको आरोपको इन्कारी बयान दिएका छन् ।
बयान:
No description available.
No description available.
No description available.
No description available.

प्रतिकृया दिनुहोस्