×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

८.५ प्रतिशत लाभांश बाँड्ने निफ्राको घोषणा

८.५ प्रतिशत लाभांश बाँड्ने निफ्राको घोषणा

काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेको छ । सोमबार बैंकको सञ्‍चालक समितिको ९८औं बैठकले यस्तो निर्णय गरेको हो ।
आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणअनुसार सञ्‍चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट नगद लाभांश बाँड्ने निर्णय गरेको हो । चुक्ता पुँजीको ८.५ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्तावमा उल्लेख छ । बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ ।

बैंकले सर्वप्रथम नेपाल राष्ट्र बैंकसँग लाभांश स्वीकृतिका लागि प्रस्ताव गर्नेछ । राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभांश वितरण गर्न बैंकको साधारणसभाबाट पारित गरिनेछ ।

प्रतिकृया दिनुहोस्