×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेप्से १२ अकंले बढ्यो, साढे ४ अर्बकाे कारोबार

नेप्से १२ अकंले बढ्यो, साढे ४ अर्बकाे कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार (नेप्से) परिसूचक १२.५३ अङ्कले बढेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.५० प्रतिशतले बढेर २५२०.२३ बिन्दुमा आइपुगेको हाे ।

सेन्सेटिभ इन्डेक्स ०.१० अङ्कले बढेर ४७७.३६ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहका सूचक बढेका छन् ।

बिहीबार २ सय २९ कम्पनीका ८३ लाख २३ हजार ९ सय २३ कित्ता सेयर ४ अर्ब ४९ करोड २६ लाख ६ हजार ४ सय १० रुपैयाँमा खरिदबिक्री भएको छ ।

यस दिन शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था र वरुण हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । नारायणी विकास बैंक र नेको इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रतिकृया दिनुहोस्