×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

थप २४ जनामा कोरोना संक्रमण

थप २४ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार २ सय ७८ पिसिआर परिक्षणका क्रममा २१ जना र २ हजार ३ सय ९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, थप ५१ जना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ७ सय ६५ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । हाल नेपालमा ८ सय १२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्