काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले सम्पूर्ण क्रिकेटका क्रियाकलापहरू अनिश्चित कालका लागि स्थगित गरिएको छ । क्यानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण खाले क्रिकेट प्रतियोगिताहरू अर्को सुचना नआएसम्मका लागि स्थगित गरेको हो ।
क्यानका सचिव असोकनाथ प्याकुरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै क्रिकेट प्रतियोगिताहरू स्थगित गरिएको उल्लेख छ ।
साथै क्यानले आईसीसीको प्रावधानअनुसार क्यानलगायत विभिन्न क्लब, एकेडेमी र संस्थाबाट आयोजना गर्ने प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागेकाले त्यसैअनुसार आगामी प्रतियोगिता सञ्चालन गरिने पनि बताएको छ ।