नेकपा एमाले कार्यदलको बैठक बुधबार पनि बस्दै छ ।
पार्टीभित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलको बैठक बस्न लागेको हो । यसअघि मंगलबार बसेको कार्यदलको बैठकले कुनै निष्कर्ष निकाल्न सकेको थिएन । विवादका विषय कसरी टुंगामा पुर्याउने विषयमा कार्यलदका सदस्यहरूबीच छलफल भए पनि संयुक्त वक्तव्य जारी गर्ने विषयले प्रवेश पाउन सकेको थिएन ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद समाधान भएको सन्देश दिन वरिष्ठ नेता माधवकुमार नेपालसँग संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव गरेका छन् ।
एमाले नेता गाकर्ण विष्टले कार्यदल सदस्यहरूबीचको संवाद सकारात्मक दिशमा अगाडि बढिरहेको बताएका छन् । पार्टीका विवादित विषय, भिन्नता र असहमतिलगायतका विषयलाई समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको उनको भनाइ छ ।
बैठकमा कार्यदलका नेताहरूले आ–आफ्नो तर्फबाट सुझावहरू राखेका थिए । कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् ।
यसैगरी नेता नेपालकातर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।