×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन

आज काठमाडौंमा विसाल चुनावी सभा गर्दै सत्ता गठबन्धन

काठमाडौं- सत्ता गठबन्धनले आज राजधानीमा अन्तिम चुनावी सभा आयोजना गर्ने भएको छ। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि सुरु हुनुअघि कांग्रेस, माओवादी र एकीकृत समाजवादी सम्मिलित गठबन्धनले चुनावी सभाको आयोजना गर्न लागेका हुन्।

काठमाडौं २ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गठबन्धनबाट माओवादी केन्द्रकी ओनसरी घर्ती, एमालेका मणिराम फुँयाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीदेवी पोखरेल मुख्य प्रतिस्पर्धी हुन्।

दिउँसो २ बजे काठमाडौंको कोटेश्वरमा आयोजना हुने चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस महामन्त्री गगन थापा लगायतले सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने गृहजिल्ला डडेल्धुरामा रहेको छन्। देउवा आज अछाममा आयोजना हुने कार्यक्रममा सहभागी हुने तयारी रहेको छ।

प्रतिकृया दिनुहोस्