काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नियुक्त गरेका मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्। नेकपा एकीकृत समाजवादीबाट नियुक्त भएका ४ मन्त्री र १ राज्यमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर, सहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिरा केसीले सपथ लिएका हुन्।
सपथ लिएका नवनियुक्त मन्त्रीहरूले आजैबाट कार्यभार सम्हाल्ने बताईएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसको सिफारिसका मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए।