×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता, सहकार्य गर्ने विषयमा छलफल

रवि लामिछाने र रमेश खरेलबीच भेटवार्ता, सहकार्य गर्ने विषयमा छलफल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान भएको भेटघाटमा समसामयिक राजनीतिका साथै दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा आवश्यक सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ ।

लामिछानेले संचारकर्म छाडेर असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेर राजनीतिक यात्रा सुरु गरेका हुन् । भेवार्तालाई दुवैले पक्षले सामान्य कफी भेटघाट भनेका छन् । सुशासन पार्टीका अध्यक्ष खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् भने लामिछानेले उपयुक्त समयमा उम्मेदवारी घोषणा गर्ने बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्