काठमाडौं - गएराति गएको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या एक सय ३२ पुगेको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परेर जाजरकोटमा ९५ र रुकुमपश्चिममा ३७ गरी १ सय ३२ जनाको मृत्यु भएको हो ।
भूकम्पमा परेर अहिलेसम्म एक सय ४० जना घाइते भएका छन् । जाजरकोटमा ५५ र रुकुमपश्चिममा ८५ जना घाइते भएका हुन् । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
घाइते भएका र बेपत्ता हुनेको उद्धार तथा खोजीको काम भइरहेको छ ।