×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

सुदूरपश्चिमको लगातार दोस्रो जित,डेब्युमै नरेनको ५ विकेट

सुदूरपश्चिमको लगातार दोस्रो जित,डेब्युमै नरेनको ५ विकेट

काठमाडौं - सुदूरपश्चिम रोयल्सले नरेन साउदको सानदार बलिङसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको हो। 

सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनाउन सक्यो। यसअघि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको थियो। सुदूरपश्चिमलाई लगातार जित दिलाउन ३.५ ओभर बलिङ गरेका नरेनले १९ रन मात्रै खर्चिए सर्वाधिक पाँच विकेट लिए। उनको यो डेब्यु खेल हो। दुबईमा भएको एसिसी यु–१९ एसिया कप खेलेर उनी बुधबार राति मात्रै काठमाडौं फर्किएका थिए। 


काठमाडौंका स्टेफन इस्कान्जीले सर्वाधिक ३७ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे। सुमित महर्जन १० रनमा आउट हुँदा भीम सार्की र ग्रेहार्ड इरास्मसले समान १० रन बनाए। अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

सुदूरपश्चिमका अविनाश बोहराले दुई विकेछ लिँदा ब्रान्डन म्याकमुलन र सैफ जैबले समान एक विकेट लिए।

प्रतिकृया दिनुहोस्