काठमाडौं - आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत नेपालले घरेलु टोली नामिबियाबीचको पहिलो खेल नतिजाविहिन सकिएको छ ।
वर्षाका कारण पहिलो खेल बीचमै रोकिएको हो । यससँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । नेपालले दिएको एक सय ९८ रनको विजय लक्ष्य पछ्याउने क्रममा नामिबियाले चार बल खेल्दा वपानी परेपछि खेल रोकिएको थियो ।
युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्ढोकमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९७ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रन बनाउनुभएको थियो ।